सिपाघाटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ६५३ बिरामी लाभान्वित
एक्सन खबर
काठमाडौं, १८ मंसिर । सामाजिक उत्तरदायित्व अन्तरगत सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले सिन्धुपाल्चोकको सिपाघाटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
मण्डन देउपुर ६ सिपाघाट स्थित सामुदायिक स्वास्थ्य केन्द्रसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६५३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
दाहालका अनुसार स्वास्थ्य शिविरमा १४७ जनाको इसिजी, २११ जनाको ल्याब परीक्षण, १८२ जनाको भिडियो एक्सरे गरिएको छ भने, स्वास्थ्य शिविरमा आएका मध्ये ११ जनाको दाँत खोल्दा ३७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
विराटनगरका समाजसेवी डा. सुनिल शर्माले दुईवर्ष अगाडी केएमसीको नेतृत्व लिएसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा जोड दिइएको थियो । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारी मतका साथ डा. शर्मा निर्वाचित भएसँगै राजिनामा दिएका छन् । डा. शर्माले कार्यकारी पदबाट राजिनामा दिएपनि केएमसीले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नियमित गर्ने जनाएको छ ।
0 प्रतिकृया