Follow us:


Follow us

१६ माघ २०७९, सोमवार
१६ माघ २०७९, सोमवार


निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठनमा डा. कार्की

एक्सन खबर
मंसिर, २०, २०७९


निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठनमा डा. कार्की

काठमाडौं, २० मंसिर । निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्कीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

यसअघि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्धिन अन्सारी अध्यक्ष रहेकाेमा मंगलबार बसेको साधारण सभाले नयाँ अध्यक्षमा प्रा.डा. कार्कीलाई चयन गरेको हो । उनी बिराट मेडिकल कलेज बिराटनगरका सञ्चालक हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कान्तिपुर डेन्टल कलेजका डा. बुद्धिमान श्रेष्ठ चयन भएका छन् । साधारणसभाले काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजको तर्फबाट प्रतिनिधित्व गर्ने भीम चन्दलाई महासचिवको जिम्मेवारी दिएको छ ।

एशोसिएसनको कोषाध्यक्षमा मणिपाल मेडिकल कलेज पाेखराका शान्तराज बतास चयन भएका छन् । सदस्यहरुमा चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिषचन्द्र न्यौपाने, कलेज अफ मेडिकल साइन्सेज भरतपुरका डा. नटराजप्रसाद, गण्डकी मेडिकल कलेजका खुमा अर्याल, लुम्बिनी मेडिकल कलेजका डा. गोपाल पोखरेल लगायत अन्य मेडिकल कलेजका सञ्चालकहरुलाई सदस्यमा चयन गरेको छ ।

साधारणसभाले पूर्व अध्यक्षहरुलाई सल्लाहकार समिति बनाएर राख्ने निर्णय समेत गरेको छ । नयाँ कमिटिले नेपालको चिकित्सा शिक्षामा निजी मेडिकल कलेजहरुको अतुलनीय योगदान गरेको निस्कर्ष निकाल्दै राज्यका तर्फबाट निजी मेडिकल कलेजका विषयमा चालिएका कदमको विरोध गरेको छ ।













0 प्रतिकृया