Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


सुन्ताखानमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ७६३ जना बिरामी लाभान्वित

एक्सन खबर
मंसिर, २५, २०७९


सुन्ताखानमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ७६३ जना बिरामी लाभान्वित

काठमाडौं, १८ मंसिर । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काठमाडौंको गोकर्णमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित नव सुन्ताखान एकेडेमीको प्राङ्गणमा स्वास्थ्य शिविर गरिएको हो ।

लायन्स क्लब तथा स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार स्वास्थ्य शिविरमा १३२ जनाको इसिजी, १९७ जनाको ल्याब परीक्षण, १८२ जनाको भिडियो एक्सरे गरिएको छ भने, स्वास्थ्य शिविरमा आएका मध्ये २१ जनाको दाँत खोल्दा ३२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

विराटनगरका समाजसेवी डा. सुनिल शर्माले दुईवर्ष अगाडी केएमसीको नेतृत्व लिएसँगै सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याउँदै आइएको छ । डा. शर्मा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारी मतका साथ निर्वाचित भएसँगै पदबाट राजिनामा दिएपनि केएमसीले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नियमित गर्ने जनाएको छ ।















0 प्रतिकृया