Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


आजबाट निर्वाचन आचारसंहिता निष्किृय

एक्सन खबर
मंसिर, २६, २०७९


आजबाट निर्वाचन आचारसंहिता निष्किृय

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता आजबाट निष्किृय हुँदैछ। २६ मंसिरदेखि आचारसंहिता लागू नरहने आयोगले निर्णय गरेको छ ।

आयोगले १२ असोजदेखि आचारसंहिता लागू गरेको थियो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले आचारसंहिता लागू गरेको थियो । लागू गरिएको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार माध्यम लगायत निर्वाचन सँग सम्बन्धीत निकायका लागि थियो ।













0 प्रतिकृया