Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


चीन–खाडी अरब राज्यहरूको सम्बन्ध थप प्रगाढ हुने

एक्सन खबर
मंसिर, २६, २०७९


चीन–खाडी अरब राज्यहरूको सम्बन्ध थप प्रगाढ हुने

काठमाडौं, २६ मंसिर । स्थानीय समय अनुसार ९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले साउदी अरेबियाको राजधानी शहर रियादमा आयोजित पहिलो चीन–खाडी अरब राष्ट्र सहकार्य समितिको शिखर सम्मेलनमा भाग लिनुका साथै एक मुख्य सम्बोधन पनि गरेका छन् ।

यो शिखर सम्मेलनमा पहिलो पटक चीन र जी.सी.सीका नेताहरूले सँगसँगै सहकार्यको लागि वैचारिक आदान–प्रदान गरेका छन् । दुई पक्षले चीन–खाडी अरबको रणनीतिक साझेदारी सम्बन्धको स्थापना र सुदृढीकरण गर्ने निर्णय गरेको सो शिखर सम्मेलनको सबैभन्दा प्रतिष्ठित उपलब्धि हो भने चीन–खाडी अरब राष्ट्रहरूबीचको सहकार्यमा नयाँ प्रगति भएको देखिन्छ।

चीन र खाडी अरब राष्ट्रहरू कस्तो रणनीतिक साझेदार हुनुपर्छ भन्ने विषयबारे चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चारवटा प्रस्ताव प्रस्तुत गरेका थिए । एकतालाई प्रवर्द्धन गर्ने साझेदार, साझा विकास खोज्ने साझेदार, साझा संरक्षणको निर्माण गर्ने साझेदार र सामुदायिक सभ्यताको प्रवर्द्धन गर्ने साझेदार यी चार वटा प्रस्तावले राजनीतिक आपसी विश्वासमा महत्व दिनुका साथै विकास र संरक्षणको विषयलाई जोड दिएको छ । भने, अझै मानव सभ्यताको प्रगतिमा योगदान दिने दृष्टिकोणबाट चीन–खाडी अरब राष्ट्र सम्बन्धको विकासलाई दिशा औंल्याएको देखिन्छ।

नयाँ ऐतिहासिक शुरूवात बिन्दुमा उभिएर ‘पुरानो र जीवन्त’ चीन–खाडी अरब सम्बन्ध अवश्य नै थप जीवन्तताका साथ विकसित हुने अपेक्षा गरिएको छ।













0 प्रतिकृया