Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


गौरीघाटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
मंसिर, २७, २०७९


गौरीघाटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २७ मंसिर । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले गौरीघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले आज सेन्ट लरेन्स स्कुल, लायन्स क्लब तथा काठमाडौं महानगरपालिका वडा नं. ७ को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य शिविरमा ६६९ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य परीक्षण गरिएका मध्ये १२३ जनाको इसिजी, १८४ जनाको ल्याव परीक्षण, १९८ जनाको भिडियो एक्सरे गरिएको छ । शिविरमा आएका २२ जनाको दाँत खोलिएको तथा ३३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा नाक कान घाँटी, स्त्री राेग, अाँखा राेग, जनरल मेडिसिन, बालबालिका तथा नसा तथा हाडजाेर्नी सम्बन्धी विशेषज्ञ डाक्टरहरूले बिरामीकाे जाँच गर्ने गरेका छन् ।

केएमसीका निवर्तमान अध्यक्ष डा. सुनिल शर्माले जनताका घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने तथा गरिब विपन्न नागरिकलाई सुर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका थिए । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएका छन् ।

समाजसेवा, स्वास्थ्य सेवा र राजनीतिलाई सँगसँगै अगाडी बढाएका डा. शर्माले स्वास्थ्य सेवा नपाएर कुनै पनि नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताउँदै त्यसका लागि उचित नीति बनाउन संसदमा आफ्नो भूमिका रहने बताएका छन् ।















0 प्रतिकृया