ललितपुरकाे कनीबालमा केएमसीकाे स्वास्थ्य शिविर
एक्सन खबर
ललितपुर, २९ मंसिर । काठमाडौं मेडिकल कलेजले ललितपुरको कनीबालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिनामंगल स्थित केएमसीले ललितपुर महानगरपालिका वडा नं. ६ सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको केएमसीको उक्त शिविरमा ६६४ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । केएमसीका जनरम मेनेजर नारायण दाहालका अनुसार शिविरमा १६२ जनाको इसिजी, १८५ जनाको ल्याव परीक्षण तथा १९२ जनाको भिडियो एक्स–रे गरिएको छ । साथै, २७ जनाको दाँत खोलिएको र २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
स्वास्थ्य शिविरमा केएमसीका स्त्री रोग, बाल रोग, नाक कानघाँटी रोग, दन्त रोग, हाडजोनी तथा नसा रोग र जनरल मेडिसिन विभागका चिकित्सक नर्सहरुले सेवा दिएका थिए ।
समाजसेवा र मेडिकल व्यवसायबाट राष्ट्रको उत्थानमा सक्रिय डा. सुनिल कुमार शर्माले केएमसी लिएसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मेडिकल शिक्षा र स्वास्थ्य सेवामा आमुल परिवर्तन गर्दै देश र जनताका लागि राजनीतिमा होमिएका डा. शर्माले स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनुपर्छ भन्नेमा जोड दिँदै अब संसदमा गएर सो विषयलाई घनिभूत उठाउने अभियानमा छन् ।
0 प्रतिकृया