Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


केएमसीको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको नमोवुद्धमा

एक्सन खबर
पौष, १, २०७९


केएमसीको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको नमोवुद्धमा

काठमाडौं, १ पुष । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको नमोवुद्धमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले नमोवुद्ध नगरपालिका वडा नं. ८ र डराउनेपोखरी स्वास्थ्य चौकीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

दाप्चा माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त स्वास्थ्य शिविरमा ९७५ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनजर नारायण दाहालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा आएका मध्ये १४२ जनाको इसिजी, २०९ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्स–रे गरिएको छ । त्यस्तै २२ जनाको दाँत खोलिँदा ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीले जानकारी दिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै केएमसीका जनरल मेनेजर दाहालले डा. सुनिल शर्माले २ वर्षअघि केएमसीको नयाँ व्यवस्थापन लिएसँगै स्वास्थ्य सेवामा आमुल परिवर्तन गरिएको जानकारी दिए । उनले पछिल्लो समय केएमसीमा केही नयाँ प्रविधिहरु थालनी गरिएको जनाउँदै नेपालमै पहिलो पटक रोवोटिक सर्जरी सेवा सुरु गरेको जानकारी दिए ।

त्यस्तै, महिना नै नपुगी खासगरी ६, ७ महिनामै जन्मिएका शिशुहरुलाई बचाउनको निम्ति आमाको गर्भासयमा जस्तो वातावरण हुन्छ त्यस्तै प्रकारको उपकरण सहितको प्रविधि समेत भित्र्याएको दाहालले जानकारी दिए । आगामी १ महिना भित्र एमआरआई भित्र्याउने, मुटुरोगको उपचार समेत थालनी गर्ने बताइएको छ ।















0 प्रतिकृया