Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


हिलेमा नोबेल अस्पतालको दुई दिने निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, ४, २०७९


हिलेमा नोबेल अस्पतालको दुई दिने निःशुल्क स्वास्थ्य शिविर

धनकुटा, ४ पुष ।  धनकुटा नगरपालिका–१ स्थित हिलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, धनकुटा नगरपालिका वडा नम्बर १, लाइन्स क्लब अफ विराटनगर युनिक र ग्रीनसिटीको सहकार्यमा दुई दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

हिले क्याम्पसमा सञ्चालित शिविरको पहिलो दिन सोमबार ६ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार नोबेलका विशेषज्ञ डाक्टरहरुको टोलीले ११३ जनाको भिडियो एक्सरे, ८५ जनाको इसीजी र ९९ जनाको रक्त परीक्षण गरेको हो । त्यस्तै दाँतमा समस्या भएर शिविरमा आएका २२ जनाको दाँत फुकालिएको छ । मंगलबार पनि जारी रहने आयोजकले जनाएको छ ।

यसअघि बिहिबार नोबेलले धनकुटाको बिश्रान्ति मन्दिरमा शिविर सञ्चालन गरेर ३२० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । नोबेलका सञ्चालकसमेत रहेका प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको योजना अनुरुप स्वास्थ्यमा कम पहुँच भएका ग्रामीण क्षेत्रका विपन्न बिरामीहरुलाई लक्षित गरी नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

















0 प्रतिकृया