देउवा विरूद्ध गगनकाे उम्मेदवारी, डा. शेखर प्रस्तावक
एक्सन खबर
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् ।
समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन्।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।
कांग्रेस नेता शेखर कोइरालाले ‘रुपान्तरणका लागि युवा पुस्ताको भरोसा’ गर्ने निर्णयसँगै कांग्रेसभित्र देउवाविरूद्ध बलियाे शक्ति देखिएको छ । गणितीय हिसावले हेर्दा इतर देउवा समुहसँग ३९ सांसद रहेका छन् ।
८९ सदस्यीय कांग्रेस संसदीय दलकाे नेता बन्न कम्तीमा ४५ मत ल्याउनुपर्छ । यस मानेमा गगन थापासँग ६ सांसद अपुग छन् ।
0 प्रतिकृया