Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


चुनाब हारेका झलनाथ खनाल राष्ट्रपतिकाे उम्मेदवार !

एक्सन खबर
पौष, ५, २०७९


चुनाब हारेका झलनाथ खनाल राष्ट्रपतिकाे उम्मेदवार !

काठमाडौं, ५ पुस । चुनाब हारेका झलनाथ खनाललाई नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा अगाडी सार्ने भएको छ । पार्टीका सम्मानीत नेता खनाललाई राष्ट्रपतिमा अघि सार्न लागिएको समाजवादीका एक केन्द्रीय सदस्यले बताए ।

खनाल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि बताए । पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने खतिवडाको भनाई छ ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच शक्ति सन्तुलन र पद बाँडफाँटबारे छलफल भएको थियो । नेपाल निवास कोटेश्वरमा भएको छलफलका क्रममा नेपालले नेकपा एसले तत्कालै प्रधानमन्त्री दाबी नगर्ने तर राष्ट्रपतिको ‘बटमलाइन’ नछाड्ने बताएका थिए ।

अध्यक्ष नेपालले आलोपालो प्रधानमन्त्री हुनुपर्ने तर कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रले आपसी समझदारीमै तय गर्नुपर्नेमा जोड दिएको एसका एक केन्द्रीय सदस्यको दावी छ ।

सोमबार दिउँसो अध्यक्ष नेपालले वामपन्थी सरकार बनाउने विषय अल्मल्याउन गरिएको ‘फन्डा’ मात्रै भएको बताएका थिए । अध्यक्ष नेपालले अहिलेको अवस्थामा वाम गठबन्धन भनेर अल्मल्याउन खोजिएको तर सरकार भने गठबन्धनकै बन्ने बताउँदै गठबन्धनमा रहेका दलहरूले अहं प्रस्तुत गरे नेकपा एसले जस्तोसुकै निर्णय लिन सक्ने पनि बताए ।













0 प्रतिकृया