कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित
एक्सन खबर
काठमाडौं, ६ पुस । महामन्त्री गगन थापालाई पराजित गर्दै नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाए । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै सांसदले निर्वाचनमा मतदान गरेका थिए । संसदीय दलको निर्वाचनमा कांग्रेस सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भकाले निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. सुनिल शर्मा लगायतले समर्थन गरेका थिए ।
0 प्रतिकृया