Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


काभ्रेभञ्ज्याङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, ६, २०७९


काभ्रेभञ्ज्याङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रे, ६ पुस । काठमाडौं मेडिकल कलेजले काभ्रेको काभ्रेभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुलिखेल नगरपालिका वडा नं. ९ स्वास्थ्य चौकीसँगको सहकार्यमा केएमसीले आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा ६८१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १०९ जनाको इसिजी, १२७ जनाको ल्याब परीक्षण र १५२ जनाको भिडियो एक्सरे गरिएको छ ।

त्यस्तै, स्वास्थ्य शिविरमा आएका मध्ये १३ जनाको दाँत खोलिएको तथा २१ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले बताए । शिविरमा स्त्री रोग, बाल रोग, नशा तथा हाडजोर्नी, जनरल मेडिसिन, नाक कान घाँटी विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले विगत २ वर्षदेखि नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । केएमसीले यसरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा आम सर्वसाधारण, महिला बालबालिका तथा जेष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् । केएमसीका निबर्तमान अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क अभियान सञ्चालन गरेका हुन् । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएका छन् ।
















0 प्रतिकृया