Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे अमेरिकी संसदमा सम्बोधन

एजेन्सी
पौष, ७, २०७९


युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे अमेरिकी संसदमा सम्बोधन

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका भ्रमणमा अमेरिकी संसदमा सम्बोधनको क्रममा आफूहरु रुसको आक्रमणबाट विचलित नभई अघि बढिरहेको उल्लेख गरेका छन् ।

युक्रेनलाई रुसले बल प्रयोग गरेर कमजोर बनाउन नसक्ने बताउँदै जेलेन्स्कीले आगामी वर्ष युक्रेनको लागि सबैभन्दा महत्वपूर्ण वर्षको रुपमा रहने बताए । ‘यो युद्ध त्यतिकै छाड्ने वा स्थगित हुँदैन, यसलाई वेवास्ता पनि गर्न मिल्दैन’, उनले भने ।

जेलेन्स्कीले यो युद्धमा आफूहरुले रुससँग आत्मसमर्पण नगर्ने दाबी गरे । उनले अन्तिममा युक्रेनले पूर्णरुपमा जित हात पार्ने विश्वास व्यक्त गरे । यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गरेका थिए । भेटको क्रममा उनले अमेरिकाले युक्रेनलाई युद्धको लागि गरेको सहयोगको प्रशंसा गरेका थिए ।

उनले अमेरिकाले युक्रेनलाई दिएको आर्थिक सहयोगले विश्वव्यापी सुरक्षा प्रणाली बलियो बनाउन महत्वपूर्ण हुने बताएका छन् । सो क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले पनि युक्रेनलाई थप सहयोगको आश्वासन दिएका थिए ।













0 प्रतिकृया