सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरू, प्रमाणपत्र अनिवार्य
एक्सन खबर
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक अहिले पनि जारी छ । नवनिर्वाचित सांसदहरू संसद भवन पुग्ने क्रम जारी छ ।
प्रतिनिधि सभाका सांसदहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाण पत्र अनिवार्य ल्याउनुपर्ने भएको छ । केही बेरमा सुरु हुने शपथ ग्रहणमा सांसदले निर्वाचित प्रमाण ल्याउन छुटाए शपथ ग्रहण गराउन नसकिने संघीय संसद् सचिवालयका रोजनाथ पाण्डले जानकारी दिए ।
उक्त प्रमाणपत्र संसद् सचिवालयले भेरिफिकेशन गरेपछि मात्र सांसलदहरुलाई
शपथ ग्रहणमा सहभागी गराइने छ । संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर
जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउँदैछन् ।
0 प्रतिकृया