Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


कोभिडको नयाँ भेरियन्ट नदेखिएपनि यस कारण जोखिम उच्च

एक्सन खबर
पौष, ९, २०७९


कोभिडको नयाँ भेरियन्ट नदेखिएपनि यस कारण जोखिम उच्च

काठमाडौं, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ.७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरीयन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम जनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’

मन्त्रालयले यसकाे पहिचान, राेकथाम र नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सिमा नाका र अन्तराष्ट्रिय विमानस्थलहरूबाट नेपाल भित्रने यात्रुहरूकाे ज्वराे नाप्ने, शंकास्पद व्यक्तिहरूकाे एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य गर्नुपर्ने पनि बताएकाे छ । 














0 प्रतिकृया