Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


सार्वजनिक जमघट र सभामा पाकिस्तानले लगायाे प्रतिबन्ध

एक्सन खबर
पौष, १०, २०७९


सार्वजनिक जमघट र सभामा पाकिस्तानले लगायाे प्रतिबन्ध

इस्लामाबाद, १० पुस । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती हमलापछि दुई हप्ताका लागि सबै सार्वजनिक जमघट र सभाहरूमा प्रतिबन्ध लगाइएको छ । शुक्रबार भएको आत्मघाती हमलामा एक प्रहरी अधिकारी र पाकिस्तानी तालिबानका दुई लडाकुको मृत्यु भएको थियो ।

हालैका सल्लाह र कानून प्रवर्तन निकायहरूले जारी गरेको खतरा सतर्कता र प्रहरीमाथि भएको  हमलाको सन्दर्भमा राजधानी इस्लामाबादमा सबै प्रकारका सभा, भेला र मण्डलीहरू आयोजना गर्न दुई साताको लागि प्रतिबन्ध लगाइने इस्लामाबादस्थित डिप्टी कमिसनर इरफान नवाज मेमनको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

उक्त हमलापछि इस्लामावादको सुरक्षा सर्तकता बढाइएको छ । त्यस्तै डिसेम्बर ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि सार्वजनिक स्थलमा राजनीतिक सभा गर्न पनि रोक लगाइएको छ । यसैबीच, पाकिस्तानी तालिबान समेत भनिने तेहरिक–इ–तालिबान पाकिस्तान (टीटीपी)ले आत्मधाती हमलाको जिम्मा लिएको छ । प्रहरीले हमलाका संदिग्ध एक पुरुष र महिलाको खोजी गरिरहेको छ ।













0 प्रतिकृया