बालुवाटार छाड्दै शेरबहादुर देउवा
एक्सन खबर
काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पुष्पकमल दाहाललाइ प्रधानमन्त्रीमा नियुक्त गरेपछि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने तयारी गरेका छन् । देउवा बुढानीलकण्ठ फर्किने भएपछि उनको निवास सरसफाइ र मर्मतको काम भइरहेको छ ।
नवनियुक्त प्रधानमन्त्री दाहाल एमाले, राप्रपा, राजपा, रास्वपा लगायत ७ दलकाे समर्थनमा तेश्राे कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।
0 प्रतिकृया