४४औं प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनियताको सपथ, उपप्रधानमन्त्री ३ जना
एक्सन खबर
काठमाडौं, ११ पुस । नेपालका ४४औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा सोमाबार आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सपथ लिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसँगै गृहमन्त्री, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधान र भौतिक तथा पूर्वाधार मन्त्री र नेकपा एमालेका विष्णु पौडेलले उपप्रधान तथा अर्थ मन्त्री भएका छन् ।
यस्तै, ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका छन् । तर, उनीहरूको मन्त्रालय तोकिएको छैन ।
0 प्रतिकृया