Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर (फाेटाे फिचर)

एक्सन खबर
पौष, ११, २०७९


प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर (फाेटाे फिचर)

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

सपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका प्रचण्डले प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा सुधार आवश्यक देखेर प्राधनमन्त्रीले यो निर्णय लिएको कार्यालयका प्रवक्ता महादेव पन्तले जानकारी दिए ।

मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रभावकारी हुन नसकेको र कर्मचारी थन्क्याउने निकायको रुपमा बदनाम भएको भनी आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री कार्यालयको सुदृढीकरण हुनुपर्ने आवाज उठिरहेका बेला पदभार ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको सुदृढीकरणका लागि अध्ययन गराउने निर्णय गरेका हुन् ।

महान्यायाधिवक्ता खातीले दिए राजीनामा

महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकार परिवर्तन भएसँगै पदबाट राजीनामा दिएका छन् । नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् ।

सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त गरेका थिए ।













0 प्रतिकृया