Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


समुद्रमा एक महिनासम्म अलपत्रपछि इन्डोनेसिया पुगे रोहिंग्या

एक्सन खबर
पौष, १३, २०७९


समुद्रमा एक महिनासम्म अलपत्रपछि इन्डोनेसिया पुगे रोहिंग्या

बाली, १३ पुस । दर्जनौं रोहिंग्या शरणार्थीहरू बिग्रिएको इन्जिन भएको काठको डुंगामा पश्चिमी इन्डोनेसियाको समुद्र तटमा पुगेका स्थानीय अधिकारीहरूले बताएका छन् । समुद्रमा एक महिना बिताएपछि उनीहरू भोकै र कमजोर भइसकेका छन् । कम्तिमा तीन जनालाई अस्पताल लगिएको थियो ।

बिबीसीका अनुसार उनीहरू हप्तौंअघि समुद्रमा अलपत्रमा परेका कम्तीमा १५० रोहिंग्याहरूको समूहको हिस्सा हुन् वा होइनन् भन्ने प्रष्ट हुन बाँकी छ । रोहिंग्याहरू म्यानमार (बर्मा) मा आफ्नो मूल घरमा पीडित बनेका जातीय अल्पसंख्यक हुन् ।

५७ जना मानिस सवार काठको डुंगा आइतबार बिहान आचे प्रान्तमा अवतरण भएको स्थानीय प्रहरी प्रवक्ता विनार्डीले बताए । ‘डुङ्गाको इन्जिन बिग्रिएको थियो र यसलाई हावाले आचे बेसार जिल्लाको लाडोङ गाउँको किनारमा पुर्यायाे’, प्रवक्ताले भने ।

‘उनीहरूले भने कि उनीहरू एक महिनादेखि समुद्रमा बगिरहेका छन्’, एक स्थानीय अध्यागमन अधिकारीले भने । शरणार्थीहरूलाई अस्थायी रूपमा सरकारी सुविधामा राखिने उनले जानकारी दिए ।

अन्य सञ्चारमाध्यमका अनुसार ५८ जना पुरुष आचे पुगेका छन् । आप्रवासीले कहाँबाट डुंगा तैरेका थिए भन्ने तत्काल जानकारीमा आएको छैन, यद्यपि अधिकांश शरणार्थी १२०० माइलको दूरीमा रहेको बंगलादेशका विभिन्न शिविरमा बस्छन् ।













0 प्रतिकृया