Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा थापा, अर्याललाई २ मत

एक्सन खबर
पौष, १५, २०७९


कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा थापा, अर्याललाई २ मत

विराटनगर, १५ पुस । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न निर्वाचनमा थापा १८ मतका साथ विजयी भएका हुन् ।

 उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले जम्मा दुई मत पाए ।  सिटौला समुह भनिएका थापालाई देउवा समुहले समर्थन गरेको बुझिएको छ । देउवा समुहको बलियो नेता मानिएका अर्यालले लज्जास्पद मत पाउनुले केन्द्रिय नेतृत्वबाट थापालाई नै समर्थन रहेको देखिएको हो । थापा नेपाली काङ्ग्रेस प्रदेश १ सभापति समेत हुन् ।

संस्थापनइतर समुहबाट उम्मेदवारी दिएका कार्की यसअघिका प्रमुख सचेतक हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की संसदीय दलको नेता बन्ने तयारीमा थिए । प्रदेश १ मा काङ्ग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरि २९ जना प्रदेश सभा सदस्य छन् ।













0 प्रतिकृया