Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


साँखुमा केएमसीको स्वास्थ्य शिविरबाट ७९२ जना लाभान्वित

एक्सन खबर
पौष, १५, २०७९


साँखुमा केएमसीको स्वास्थ्य शिविरबाट ७९२ जना लाभान्वित

काठमाडौं, १५ पुस । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले शंखरापुर नगरपालिका साँखुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विरामीको घुँईचो लागेको छ । आज साँखुमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक तथा सर्वसाधारणको भिड लागेको हो ।

स्थानीय पिपुल्स लाइफ केयर अस्पतालसँगको सहकार्यमा वडा नं. ६ सलम्बुमा गरिएको शिविरमा ७९२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १०७ जनाको इसिजी, १४४ जनाको ल्याब परीक्षण र १६८ जनाको भिडियो एक्स–रे गरिएको छ । त्यस्तै, १७ जनाको दाँत खोलिएको तथा २ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, हाडजोर्नी लगायतका चिकित्सकहरुले बिरामीको जाँच गरेका थिए । स्वास्थ्य शिविरमा आएका बिरामीहरु केएमसीमा उपचारका लागि आए ओ.टी, ल्याब तथा वेड चार्जहरुमा आवश्यक छुट गर्ने गरिएको छ ।

केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले अस्पतालको स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि उनले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई निरन्तरता दिइएको छ ।

















0 प्रतिकृया