Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


यो कार्यकाल भाषण कम, काम धेरै गर्ने योजना प्रचण्डकाे

एक्सन खबर
पौष, १६, २०७९


यो कार्यकाल भाषण कम, काम धेरै गर्ने योजना प्रचण्डकाे

काठमाडौं, १६ पुस । तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिवार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताए ।

कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा पनि गरे । प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै सम्पन्न मन्त्रपरिषद्को पहिलो बैठकमै देशमा जारी आर्थिक संकट टार्न आवश्यक पहल गरेको पनि उनले बताए ।

साथै, अब देशमा व्याप्त भ्रष्ट्रचार, अनियमितता हटाइ शुशासन कायम गर्ने पक्षमा रहेको उनले बताए । जनतालाई पीरमर्का पर्ने कुनै पनि काम नगर्ने उनले प्रतिज्ञा पनि गरे ।













0 प्रतिकृया