Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


थानकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, १७, २०७९


थानकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १७ पुस । काठमाडौं मेडिकल कलेजले थानकोटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आइतबार चन्द्रागिरी नगरपालिका वडा नं. २ सँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन त्यस क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक तथा सर्वसाधारणको भिड लागेको थियो ।

शिविरमा ६२८ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीले जानकारी दिएको छ ।  

उक्त स्वास्थ्य शिविरमा ८५ जनाको इसिजी, २१३ जनाको ल्याब परीक्षण र १५१ जनाको भिडियो एक्स–रे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले बताए । स्वास्थ्य शिविरमा ९ जनाको दाँत खोलिएको थियो भने, २१ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, हाडजोर्नी लगायतका चिकित्सकहरुले बिरामीको जाँच गरेका थिए ।
केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले अस्पतालको स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए । उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिएका छन् । यद्यपि, डा. शर्माले  सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई केएमसीले निरन्तरता दिइरहेको छ ।















0 प्रतिकृया