Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ६५ लाभान्वित

एक्सन खबर
पौष, १९, २०७९


केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ६५ लाभान्वित

काठमाडौं, १९ पुस । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले काठमाडौं महानगरपालिका वडा नं. ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा ५६५ लाभान्वित भएका छन् । केएमसीले आज लाइन्स क्लबसँगको सहकार्यमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा विद्यार्थी, अभिभावकहरुको बढी उपस्थिति रह्यो ।

स्थानीय ब्रोकल्यान कलेजमा आयोजित स्वास्थ्य शिविरमा ७४ जनाको इसिजी, ८७ जनाको ल्याब परीक्षण, ९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा आएका हरुमध्ये ११ जनाको दाँत खोलिएको छ । यस्तै, २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले गाउँदेखि शहरसम्म सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरले बालबालिका, जेष्ठ नागरिक, विद्यार्थी, महिला, विपन्न वर्गका नागरिकहरु बढी लाभान्वित भइरहेका छन् ।

स्वास्थ्य शिविरमा केएमसीका जनरल मेडिसिन, स्त्री रोग, बालबालिका, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गर्ने गर्दछन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष (हाल प्रतिनिधि सभा सदस्य) डा. सुनिल शर्माले आम जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए ।  
















0 प्रतिकृया