दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
भक्तपुर, २२ पुस । काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आज दुवाकोटमा केएमसीकै आस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीले जनाएको छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ३१ जनाको इसिजी, ४४ जनाको ल्याब, ५४ जनाको भिडियो एक्सरे गरिएको थियो । यसैगरी, शिविरमा आएका मध्ये ७ जनाको दाँत खोलिँदा ९ जनालाई थप उपचाररका लागि ओ.टी. रेफर गरिएको छ ।
केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँदेखि शहरसम्मै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । केएमसीको उक्त स्वास्थ्य शिविरमा बालरोग, स्त्री रोग, हाडजोर्नी, नाक कान घाँटी, आँखा तथा दन्त रोग विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गर्ने गर्छन् ।
केएमसीको स्वास्थ्य शिविरमा खासगरी, महिला तथा बालबालिका, जेष्ठ्य नागरिक, विपन्न तथा आर्थिक अवस्था कमजोर भएर अस्पतालसम्म पुग्न नसकेका बिरामीहरुले लाभ लिइरहेका छन् । समाजसेवी तथा हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा केएमसीको कार्यकारी अध्यक्ष पदमा रहँदा नै निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । डा. शर्मा अहिले कार्यकारी पदमा नरहेपनि उनको अभियानलाई केएमसीले गाउँगाउँ पुर्याउने अभियानलाई निरन्तरता दिइरहेको छ ।
0 प्रतिकृया