Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

एक्सन खबर
पौष, २२, २०७९


कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं, २२ पुस । कोरोना संक्रमणबाट नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । काठमाडौं स्थिति वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । आज ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज तीन जना संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।













0 प्रतिकृया