Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


बालकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७६३ बिरामी लाभान्वित

एक्सन खबर
पौष, २४, २०७९


बालकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७६३ बिरामी लाभान्वित

भक्तपुर, २४ पुस । काठमाडौं मेडिकल कलेजले भक्तपुरको बालकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सुर्यविनायक नगरपालिका वडा नं. ३ सँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका महिला, बालबालिका, जेष्ठ्य नागरिक तथा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार स्वास्थ्य शिविरमा १०२ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण, १७४ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ११ जनाको दाँत खोलिँदा १७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीले जनाएको छ ।

केएमसीले पछिल्लो समय गाउँदेखि शहरसम्मै आफ्नो सेवाहरु पुर्याउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा आम सर्वसाधारण लाभान्वित भइरहेका छन् । केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा नाक कान घाँटी, स्त्री रोग, बालबालिका, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नीका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने गर्छन् । साथै, स्वास्थ्य शिविरमा सामान्य प्रकारका बिरामीलाई औषधीहरु समेत निःशुल्क वितरण गर्ने गरिएको छ ।

हाल प्रतिनिधि सभा सदस्य समेत रहेका डा. सुनिल शर्माले केएमसीको नेतृत्व लिएसँगै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै सर्वसुलभ बनाइएको हो । मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित भएसँगै केएमसीको कार्यकारी अध्यक्ष पदबाट बाहिरिए पनि डा. शर्माको अभियानलाई निरन्तरता दिईदै आइएको छ ।















0 प्रतिकृया