Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


इटहरीको जब्दीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, २६, २०७९


इटहरीको जब्दीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, २६ पुस । नोबेल शिक्षण अस्पतालले मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ६ मा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नोबेलले स्थानीय टोलविकास लघुउद्यम सहकारी संस्थासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर चलाएको हो ।

नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार इटहरी ६ जब्दीमा भएको स्वास्थ्य शिविरमा ७६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १११ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको छ । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ७ जनाको दाँत पनि खोलिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत विगत ५ वर्षयता नोबेलले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याउँदा लाखौं सर्वसाधारण तथा विपन्न वर्गका जनता लाभान्वित भइरहेका छन् । नोबेलले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, बालबालिका तथा जनरल मेडिसिनका चिकित्सकहरु सहितको टोलीमार्फत स्वास्थ्य परीक्षण गर्ने गरेको छ । नोबेलको सेवालाई जनताकै घरदैलोमा पुर्याउने अभिप्रायले नोबेलका संस्थापक समाजसेवी डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य सेवाको थालनी गरेका हुन् ।

डा. शर्मा हाल प्रतिनिधि सभा सदस्य छन् । सांसदको हैसियतले डा. शर्माले आफ्नो क्षेत्रका जनताका लागि प्रत्येक शुक्रबार निःशुल्क स्वास्थ्य शिविर चलाई रहेका छन् भने, नोबेलमा आफ्ना क्षेत्रका जनतालाई ५० सैयाको निःशुल्क क्याविन सेवा पनि सञ्चालन गरिरहेका छन् ।














0 प्रतिकृया