एनएमसीमा इफ्तार कार्यक्रम (फोटो फिचर)
एक्सन खबर
काठमाडौं, २४ चैत्र । इस्लाम धर्मवलम्बीको पवित्र महिना रमजानको अवसरमा नेपाल मेडिकल कलेजमा इफ्तार कार्यक्रम गरिएको छ । सामाजिक सद्भाव, धार्मिक शिष्टाचार कायम गर्ने अभिप्रायले आयोजित इफ्तार कार्यक्रममा कलेजका सञ्चालकहरु, चिकित्सक, कर्मचारी स्थानीय तहका जनप्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको थियो ।
शुक्रबार साँझ आयोजित इफ्तार कार्यक्रममा कलेजका अध्यक्ष समेत रहेका डा. भोला रिजाल सहित संस्थापक सञ्चालक, प्रमोटरहरु समेत उपस्थित थिए । कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले सामाजिक सद्भाव, धार्मिक शिष्टाचार सहित इफ्तार आयोजना गरिएको बताए । ‘हामी जुनसुकै धर्म सम्प्रदायका भएपनि एकापसमा भाइचारा र मित्रवत सम्बन्ध छ । त्यही सम्बन्धलाई अझ मजवुत बनाउन कार्यक्रम गरिएको हो ।’ अन्सारीले भने ।
इफ्तारमा सहभागी व्रतालु तथा आमन्त्रितलाई अन्सारीले जालिदार टोपी लगाई दिँदै स्वागत गरेका थिए । प्रबन्ध निर्देशक अन्सारीको निमन्त्रणामा स्वीकार गर्दै मुस्लिम व्रतालुहरूले त्यहाँ गएर विधिपूर्वक आफ्नो व्रत पूरा गरी साँझको नमाज पढेका थिए ।
मुस्लिम व्रतालुहरूले रमजानको दैनिक व्रत समापन गर्दा साँझ खाने खानालाई इफ्तार भनिन्छ । नेपाल मेडिकल कलेजले विभिन्न चाडपर्व र अवसरमा शुभकामना आदानप्रदान गर्ने गरेको छ ।
0 प्रतिकृया