Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

एक्सन खबर
जेठ, ६, २०८०




सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

सिन्धुली, ६ जेठ । हराएको कुल र वंशको रक्षा गर्ने मुल उद्देश्यले पछिल्लो समयमा सिन्धुलीमा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आयोजित सो जातिको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको रक्षा गर्न र भाइबन्धुको एकता कायम राख्न लाग्नुपर्ने कुरामा जोड दिए ।

सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका केन्द्रीय सदस्य शंकर कार्की, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगायतले कार्की क्षेत्रीहरुको वलीदानीपुर्ण र पुरुषार्थपुर्ण ईतिहासको कदर गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर कार्की, जिल्ला अध्यक्ष केदारकुमार कार्की, उपाध्यक्ष जितबहादुर कार्की, सचिव लोकबहादुर कार्कीको समेत सहभागिता रहेको थियो ।

सिन्धुली जिल्लाको कमलाखोच, सुनकोशी, गोलान्जोर, तीनपाटन र कमलामाई क्षेत्रमा मुडुला कार्कीहरुको अत्याधिक बसोवास रही आएको छ । कार्यक्रममा भुवन कार्कीको अध्यक्षतामा कमलामाई नगर समितिको समेत गठन गरिएको जनाईएको छ ।
















0 प्रतिकृया