Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


करिब ६ दशकसम्म कांग्रेसमा रहेका दुहवीका अगुवा एमालेमा प्रवेश

एक्सन खबर
भदौ, २, २०८०




करिब ६ दशकसम्म कांग्रेसमा रहेका दुहवीका अगुवा एमालेमा प्रवेश

सुनसरी, २ भदौ । करिब ६ दशकदेखि नेपाली कांग्रेसमा सक्रिय सुनसरी दुहवीका अगुवा नेकपा एमालेमा प्रवेश गरेका छन् । लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा लागेपनि कांग्रेसले सर्वहाराहरुको लागि केही नगरे पछि सुनसरी दुहवी नगरपालिका वडा नं. ९ छातावेलीका हाजी मोहम्मद जाकिर हुसैन एमालेमा प्रवेश गरेका हुन् ।

हुसैनलाई आज नेकपा एमालेकी सांसद भगबती चौधरीले खादा तथा टिका लगाएर पार्टी प्रवेश गराउँदै एमालेमा स्वागत गरिन् । सो अवसरमा बोल्दै सांसद चौधरीले सर्वहारा वर्गको उत्थान र समृद्ध मुलुक निर्माण गर्ने एकमात्र पार्टी नेकपा एमालेमात्र भएको बताउँदै एमालेमा समाहित भएकोमा स्वागत गरिन् ।

आफुले राजनीतिमा २०३२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सकृय रहि विभिन्न पद तथा जिम्मेवारीमा रहेका हुसैन दुहवी ९ छातावेलीका अग्रज व्यक्ति हुन् । नेपाली कांग्रेसको आव्हानमा भएका हरेक परिवर्तनकारी आन्दोलनको अगुवाइ गर्ने हुसैनले अबको आफ्नो राजनीति नेकपा एमालेबाट गर्ने बताए ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा २०३६ सालको जनमत संग्रहदेखि आज सम्म निरन्तर कांग्रेसमा सक्रिय कांग्रेस पूर्वक्षेत्रीय सभापति समेत रहेका जिल्ला सदस्य एवम सल्लाहकार दुहवी ९ का हिरालाल चौधरी, युवा नेता मोहम्मद जमिल हुसेन समेत यसअघि एमालेमा प्रवेश गरिसकेका छन् ।














0 प्रतिकृया