Follow us:


Follow us

४ असोज २०८३, आइतवार
४ असोज २०८३, आइतवार


सू–संस्कृत समाज निर्माण गर्न एमालेसँग प्रष्ट भिजन छः भगबती चाैधरी

एक्सन खबर
भदौ, १९, २०८०


सू–संस्कृत समाज निर्माण गर्न एमालेसँग प्रष्ट भिजन छः भगबती चाैधरी

सुनसरी, १९ भदाै । सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तरगतकाे दुहवीमा विभिन्न पार्टीमा आबद्ध तीन दर्जन बढी नेता कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा एमाले दुहवी नगरपालिका वडा नं. ८ कमिटीकाे आयाेजनामा भएकाे वडास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनीहरू एमालेमा समाहित भएका हुन् ।

कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सदस्य, पुर्वमन्त्री भगबती चौधरीले मुलुकमा समाजवाद स्थापना गरी गरिब विपन्न र असहायका लागि नेकपा एमालेले मात्र काम गर्न सक्ने बताइन् । समुन्नत, सू–संस्कृत समाज निर्माण गर्न एमालेसँग प्रष्ट भिजन र लक्ष्य भएकाे बताउँदै सांसद चाैधरीले विभिन्न जाति जनजाति, समुदाय र वर्गलाई समान दृष्टिकाेण राखि उनीहरूलाई आर्थिक, सामाजिक, राजनीतिक रूपमा सवल बनाउने संकल्प नेकपा एमालेले लिएकाे जनाउँदै २०८४ सालकाे निर्वाचनबाट एमालेलाई पहिलाे पार्टी बनाउन पार्टीका सबै तह र तप्काबाट लाग्नु पर्ने पनि बताइन् ।  

कार्यक्रममा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले मदन भण्डारीले प्रतिपादन गरेकाे जनताको बहुदलिय जनवादको अभ्यास गर्दै मुलुकलाई समाजवाद तर्फ लैजानुपर्ने बताइन् ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रोहित बहादुर कार्की, पुर्व कोशी प्रदेश सभा सदस्य लिलम बस्नेत, प्रदेश कमिटी सदस्य अर्जुन गहतराज, जिल्ला कमिटी सदस्य सरोज गिरी, मिनादेवि राई, एमाले दुहवी इन्चार्ज शुशिल साह, दुहवी नगर अध्यक्ष बाबुराम बजगाईं, प्रेस चौतारी दुहवी संयोजक मित्र क्षेत्री लगायत वडा नम्वर ८ का पार्टी कमिटी, विभिन्न जनवर्गीय संगठनहरूकाे उपस्थिति रहेको थियो ।

एमाले दुहवी नगर कमिटी वडा नम्बर ८ अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन असोक केसीले गरेका थिए ।














0 प्रतिकृया