हरितालिका तीजको अवसरमा केएमसीले खुवायो दर (फाेटाे फिचर)
काठमाडौं, २६ भदौ । हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा काठमाडौं मेडिकल कलेजमा कार्यरत महिला चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई दर खुवाइएको छ । केएमसीले आज शुभकामना आदानप्रदान कार्यक्रम गर्दै दर खुवाएको हो ।
कार्यक्रममा बोल्दै केएमसीका जनरल मेनेजर नारायण दाहालले तीजले महिला दिदिबहिनीहरुलाई सामाजिक, सांस्कृतिक रुपमा मात्र नभएर भावनात्मक रुपमा एकाकार हुन प्रेरित गर्ने बताए । धर्म संस्कृति र परम्पराले समाज तथा राष्ट्रको उत्थानमा सहयोग पुग्ने बताउँदै दाहालले हरितालिका तीजमा निराहार ब्रत बसी महिलाहरुले श्रीमान तथा परिवारको सुस्वास्थ्य, दिर्घायुको कामना गर्ने बताए ।
कार्यक्रममा कलेजका एच.आर. प्रमुख सन्ध्या कार्की, क्षितिज निरौला, डेण्टल डाइरेक्टर भागवत भट्टराई, सहायक मेट्रोन बन्दना रिजाल लगायत करिब ७ सय महिला कर्मचारी, स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । सो अवसरमा उनीहरुले एकापसमा शुभकामना साटासाट गर्दै नाचगान समेत गरेका थिए ।
सहायक मेट्रोन रेजिना पौडेलले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व मेट्रोन कृष्णेश्वरी दुवालले गरेकी थिइन् । विभिन्न चाडपर्व र अवसरमा शुभकामना आदान प्रदान गर्ने गरिएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । स्वास्थ्य सेवा र मेडिकल शिक्षामा मुलुककै अग्रणी संस्थाका रुपमा स्थापित केएमसीलाई नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल कुमार शर्माले लिएपछि त्यहाँको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा आमुल परिवर्तन गरिएको छ ।
0 प्रतिकृया