Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


हरितालिका तीजको अवसरमा केएमसीले खुवायो दर (फाेटाे फिचर)

एक्सन खबर
भदौ, २६, २०८०


हरितालिका तीजको अवसरमा केएमसीले खुवायो दर (फाेटाे फिचर)

काठमाडौं, २६ भदौ । हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा काठमाडौं मेडिकल कलेजमा कार्यरत महिला चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई दर खुवाइएको छ । केएमसीले आज शुभकामना आदानप्रदान कार्यक्रम गर्दै दर खुवाएको हो ।

कार्यक्रममा बोल्दै केएमसीका जनरल मेनेजर नारायण दाहालले तीजले महिला दिदिबहिनीहरुलाई सामाजिक, सांस्कृतिक रुपमा मात्र नभएर भावनात्मक रुपमा एकाकार हुन प्रेरित गर्ने बताए । धर्म संस्कृति र परम्पराले समाज तथा राष्ट्रको उत्थानमा सहयोग पुग्ने बताउँदै दाहालले हरितालिका तीजमा निराहार ब्रत बसी महिलाहरुले श्रीमान तथा परिवारको सुस्वास्थ्य, दिर्घायुको कामना गर्ने बताए ।

कार्यक्रममा कलेजका एच.आर. प्रमुख सन्ध्या कार्की, क्षितिज निरौला, डेण्टल डाइरेक्टर भागवत भट्टराई, सहायक मेट्रोन बन्दना रिजाल लगायत करिब ७ सय महिला कर्मचारी, स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । सो अवसरमा उनीहरुले एकापसमा शुभकामना साटासाट गर्दै नाचगान समेत गरेका थिए ।



सहायक मेट्रोन रेजिना पौडेलले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व मेट्रोन कृष्णेश्वरी दुवालले गरेकी थिइन् । विभिन्न चाडपर्व र अवसरमा शुभकामना आदान प्रदान गर्ने गरिएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । स्वास्थ्य सेवा र मेडिकल शिक्षामा मुलुककै अग्रणी संस्थाका रुपमा स्थापित केएमसीलाई नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल कुमार शर्माले लिएपछि त्यहाँको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा आमुल परिवर्तन गरिएको छ ।  























0 प्रतिकृया