Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


शिक्षकहरुकाे माग संवाेधन गर्न सांसद सुनिल शर्माकाे माग

एक्सन खबर
असोज, ५, २०८०




शिक्षकहरुकाे माग संवाेधन गर्न सांसद सुनिल शर्माकाे माग

काठमाडौ, ५ असाेज । विद्यालय शिक्षा सम्बन्धि विधेयकमा उठेका प्रश्नहरुकाे राज्यले संंवाेधन गर्नुपर्ने सांसद डाक्टर सुनिलकुमार शर्माले बताउनु भएको छ । देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुकाे आन्दोलन प्रति ऐक्यबद्धता र समर्थन जनाउँदै माेरङ क्षेत्र नं ३का सांसद डा शर्माले शिक्षा विधेयकमा देखिएका असहमतिलाई तत्काल संवाेधन गरिनुपर्ने बताउनु भएकाे हाे ।

आज विज्ञप्ति जारी गर्दै डा. शर्माले शिक्षा सम्बन्धि विधेयककाे विषयमा आम शिक्षकहरूकाे विमतीलाई उजागर गर्दै सबैकाे साझा सराेकारलाई उचित ढंगबाट संवाेधन गर्नकाे लागि आन्दोलित भएकाे सन्दर्भमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका लगायत सुरक्षा निकाय, निजामती, व्यवसायीक, व्यापारिक, निजी तथा सामुदायिक संघ संस्थाहरुका लाखौं दक्ष जनशक्ति उत्पादन आम जनतालाई शिक्षाकाे उज्यालो प्रकाशबाट प्रज्वलित बनाउन अहाेरात्र खटिने शिक्षकहरुकाे उचित मागहरुमा आफ्नो समर्थन रहेकाे जनाएका हुन् ।

विद्यालय शिक्षा सम्बन्धि विधेयकमा उठेका प्रश्नहरुकाे राज्यबाट यथासक्य चांडो उचित संवाेधन हुनुपर्ने कुरामा कसैकाे विमति नरहेकाे जनाउँदै सांसद शर्माले शिक्षकहरुकाे मागलाई लत्याउने गरियाे भने त्यसले देशलाई शिक्षाकाे क्षेत्रमा धेरै पछि धकेल्ने जिकिर गरेका छन् ।
 
शिक्षकहरुकाे सराेकार, माग र आवश्यकतालाई राज्यबाट यथासिघ्र संवाेधन गर्न माग सांसद शर्माले सरकार समक्ष माग गरेका  छन् । शिक्षा विधेयकमा असहमति राख्दै ३दिनदेेखि राजधानी केन्द्रीत आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।














0 प्रतिकृया