Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


एमाले काेशी प्रदेश अध्यक्षका लागि ढकाल र खतिवडाकाे प्रतिष्पर्धा

एक्सन खबर
असोज, १३, २०८०


एमाले काेशी प्रदेश अध्यक्षका लागि ढकाल र खतिवडाकाे प्रतिष्पर्धा

विराटनगर, १३ असोज । नेकपा (एमाले) कोशी प्रदेशकाे अध्यक्षका लागि मोरङका दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरमा शुक्रवारदेखि जारी एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि मोरङ नेताद्वय बिनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ निर्बिरोध भएका छन् । चेम्जोङ बर्तमान कमिटीका पनि उपाध्यक्ष हुन् । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीकाे उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका उपसचिव र भण्डारी पाँचथरका पूर्वजिल्ला अध्यक्ष हुन् ।

दुई उपसचिवका लागि संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उम्मेद्वारी दर्ता गराएका छन् । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । निर्वाचन समितिले आइतवार मतदानको कार्यक्रम राखेको छ ।













0 प्रतिकृया