Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


नेपाल कला, संस्कृति र सभ्यताका दृष्टिले विश्वमै विशालः प्रधानमन्त्री प्रचण्ड

एक्सन खबर
मंसिर, ३, २०८०




नेपाल कला, संस्कृति र सभ्यताका दृष्टिले विश्वमै विशालः प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, ३ मंसिर । छठ पर्वकाे शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूगोल र क्षेत्रफलका हिसाबले नेपाल सानो भएपनि सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल रहेको बताएका छन् । भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

नेपाल र नेपालीको संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले त्यो कुरालाई प्रमाणित गर्ने भन्दै प्रधानमन्त्रीले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

‘यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।













0 प्रतिकृया