Follow us:


Follow us

४ असोज २०८३, आइतवार
४ असोज २०८३, आइतवार


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरः बैतडीको पाटनमा एकैदिन २ हजार ७ सय ७५ जना बिरामीको स्वास्थ्य जाँच

एक्सन खबर
माघ, २४, २०८०


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरः बैतडीको पाटनमा एकैदिन २ हजार ७ सय ७५ जना बिरामीको स्वास्थ्य जाँच

काठमाडौं । दुई दर्जन स्वास्थ्यकर्मीको टोलीसहित सुदुरपश्चिमको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्माको टोली बैतडीको पाटन पुगेको छ । पाटनमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ हजार सात सय ७५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।

पाटन नगरपालिकाको आयोजनामा कृष्ण मा.वि. पाटनमा आयोजित बृहद् निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी संघीय सांसद सुनिलकुमार शर्मा रहेका थिए । शिविरको उद्घाटन गर्दै सांसद शर्माले आफुले समाजसेवा र राजनीतिसँगसँगै अगाडी बढाएको जनाउँदै दूरदराजमा रहेका नागरिकलाई सर्वसुलभ स्वास्थ्य शिक्षा उपलब्ध हुनुपर्नेमा दृढ रहेको बताए । उनले सो क्रममा स्वास्थ्य शिविरबाट ओ.टी. रेफर भएका बिरामीहरुको शतप्रतिशत निःशुल्क स्वास्थ्योपचार गर्ने घोषणा गरे ।

स्वास्थ्य शिविरमा १९५ जनाको इसिजी, ३७४ जनाको ल्याब परीक्षण, २२३ जनाको भिडियो एक्सरे, ९३ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा ९१ जनाको दाँत खोलिएको थियो भने, थप उपचारका लागि १६४ जनालाई ओ.टी. रेफर गरिएको छ ।



शिविरमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्तहरुको बढी सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा केएमसीका स्वास्थ्यकर्मीहरुले नाक कान घाँटी, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, बाल रोग, नशा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।

शिविरको विशिष्ट अतिथीमा कांग्रेस बैतडी जिल्ला सभापति चतुरबहादुर चन्द थिए । उनले सांसद शर्माको समाजसेवा र स्वास्थ्य सेवाको कार्यलाई प्रशंसा गर्दै आफ्नो गृहजिल्लालाई छाडेर देशभरका जनताको सेवामा सक्रिय हुनु चानचुने कुरा नभएको बताए ।



शिविरमा पिपुल्स डेण्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. भिमबहादुर चन्द, नोबेल शिक्षण अस्पतालकी प्रबन्ध निर्देशक इन्दीरा शर्मा बराल, बैतडी जिल्ला समन्वय समिति सदस्य करन सिंह कठायत लगायतको सहभागिता रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविर भोली बिहीबार डडेलधुरामा गर्ने कार्यसूची रहेको छ ।













0 प्रतिकृया