Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


कांग्रेस र मारवाडी समुदायले एकसाथ होली मनाए

एक्सन खबर
चैत, १३, २०८०


कांग्रेस र मारवाडी समुदायले एकसाथ होली मनाए

धरान । देशभर विभिन्न संघसंस्था, पेशा, व्यवसायी र नागरिकहरुले आ–आफ्नै तरिकाले होली कार्यक्रमको आयोजना गरेर यस वर्षको होली पर्व मनाएका छन् । तर, धरानमा भने नेपाली कांग्रेस र मारवाडी समुदायले एकैसाथ होली मनाए ।

नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी समुदायका दर्जन बढी संघसंस्थाहरु भेला भई एकैसाथ होली मनाएका हुन् ।

मारवाडी समुदायको तर्फवाट शुभकामना मन्तव्य राख्दै मारवाडी सेवा समितिका अध्यक्ष पित्रुमल अग्रवालले नेपाली कांग्रेस पार्टीले पहिलोपल्ट हाम्रो सिङ्गो समुदायलाई महान होली पर्वमा निमन्त्रणा गरेर समुदायको सम्मान गरेको बताउंदै खुशी व्यक्त गरे ।

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति  सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, धरानका नगर उपप्रमुख आईन्द्रविक्रम वेघा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र राजनीतिक दलहरुका तर्फवाट जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्वुले शुभकामना मन्तव्य राखेका थिए भने होली पर्वसँग सम्बन्धित विभिन्न गीतहरुमा  नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

सांस्कृतिक विविधतायुक्त देश भएकाले सबै जातजाति, भाषाभाषी, धर्मावलम्वी र संस्कृतिका समुदायले मान्ने हरेक चाडपर्वहरुलाई नेपाली कांग्रेसले सम्मानका साथ मान्दै आएकाले नेपालीहरुको साझा चाडको रुपमा विकास हुँदै आएको र मारवाडी समुदायले आफ्नो विशेष पर्वको रुपमा मान्दै आएको होली पर्वको अवसरमा विशेष गरी मारवाडी समुदायलाई निमन्त्रणा गरी अन्य सम्पूर्ण समुदाय, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, जनप्रतिनिधि, समाजसेवी, उद्योगी व्यवसायी सबैलाई सहभागी गराई हषोल्लासका साथ होली पर्व मनाइएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

कार्यक्रममा मारवाडी मिड यूथ, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च, नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल महिला मञ्च, जैन श्वेताम्वर तेरापन्थी सभा, तेरापन्थी महिला मण्डल, तेरापन्थी युवा परिषद, सुनसरी महेश्वरी सभा, नेपाल महेश्वरी महिला संगठन, भगवान परशुराम समाज, अनुब्रत समिति, श्याम परिवार, राणी सति दादी परिवार र एकल महिला विद्यालय परिवारको सहभागिता रहेको थियो ।

कार्यक्रममा कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, प्रदेश सदस्य गणेश परियार, पूर्व नगर प्रमुख तिलक राई, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, वडा अध्यक्षद्धय नरेन्द्रकुमार राई(प्रविन) र यज्ञमणि आचार्य, जिल्ला सदस्यहरु अनुपमा सुनुवार, रत्न रिमाल, नेपाल दलित संघ प्रदेश सभापति गोविन्द दर्नाल, नेपाल तरुण दल नगर सभापति राम तामाङ लगायतको उपस्थिति रहेको थियो ।
















0 प्रतिकृया