धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल
एक्सन खबर
धनगढी, ८ जेठ । कैलालीकाे धनगढीमा रहेकाे धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।
हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए ।
उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।
0 प्रतिकृया