Follow us:


Follow us

२७ भदौ २०८३, शनिवार
२७ भदौ २०८३, शनिवार


विश्व स्वास्थ्य संगठन भन्छः कोभिड महामारी समाप्त भएको छैन

एजेन्सी
असार, १६, २०७९


विश्व स्वास्थ्य संगठन भन्छः कोभिड महामारी समाप्त भएको छैन

न्युयोर्क, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले  ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

 ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने ।

सन् २०१९ काे अन्त्य तिर सुरू भएकाे काेभिड–१९ ले विश्वकै अर्थतन्त्र कमजाेर बनाएकाे छ । काेभिडका कारण अहिलेसम्म विश्वभर ६. ३३ मिलियनकाे ज्यान गइसकेकाे छ ।













0 प्रतिकृया