Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

एक्सन खबर
असार, २८, २०७९


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं, २७ असार । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार पनि बस्दैछ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बाट बस्नेछ ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको थियाे । बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका थिए ।

बैठकमा कांग्रेस नेता डा. शेखर काेइरालाले १२ बुँदामा सरकार सञ्चालन र पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवाले एकलाैटी कार्यशैली अपनाएकाे भन्दै आलाेचना गरेका थिए । डा. शेखरले स्थानीय तहकाे निर्वाचनमा तालमेलले कांग्रेसकाे सिट संख्या बढेतापनि पार्टीकाे विचार र सिद्धान्त तथा तमाम् कार्यकर्ताकाे मनाेभावना नबुझेकाे, पार्टीका भातृ संस्थाहरू गठनमा एकलाैटी गरेकाे लगायतका विषयमा आलाेचना गरेका थिए ।

आजकाे बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध अजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने एक केन्द्रीय कार्यसमिति सदस्यले एक्सन खबरसँग भने ।

केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ ।

याे पनी हेर्नुहाेस्

‘ओलीकाे असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ?’













0 प्रतिकृया