Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई दिन आनाकानी

एक्सन खबर
साउन, २, २०७९


जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई दिन आनाकानी

काठमाडौं, २ असार । बजेट निर्माणकाे क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानविन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज दिन आनाकानी गरेको छ ।

संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन आनाकानी गरे पछि पुनः ताकेता गरिएको छ ।

‘जेठ महिनाको सिसिटिभी फुटेज मागेका थियौं तर उहाँहरुले असार महिनाको दिनुभयो,’ समिति सदस्य सरला यादवले भनिन्, ‘जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई अझै दिइएको छैन, हामीले पुनः पत्र पठाएर जेठको सिसिटिभी फुटेज माग गरेका छौं ।’ उनका अनुसार जेठ महिनाको सिसिटिभी फुटेज दिनका लागि अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गरिरहेका छन् ।

त्यसो त सिसिटिभी फुटेज दिन आनाकानी गरे पनि समितिमा बयान दिन आएका सचिव, सहसचिवहरुले १४ जेठको बजेट निमार्ण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई निरन्तर अस्विकार गर्दै आएका छन् ।

‘सिसिटिभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरुले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनु भएको छ,’ सांसद यादवले भनिन्, ‘सिसिटिभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठयारो परिरहेको छ ।’ उनका अनुसार समितिले सो बारेमा आवाश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्नेछ ।

याे पनि

मोटामोटी छलफल सकियो, अब निचोड तर्फ

 













0 प्रतिकृया