Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


चुनावी तालमेल गरेर अघि बढ्ने कांग्रेसको निर्णय (निर्णयहरू समेत)

एक्सन खबर
साउन, २, २०७९


चुनावी तालमेल गरेर अघि बढ्ने कांग्रेसको निर्णय (निर्णयहरू समेत)

काठमाडौं, २ असार । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण  र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।'

यस्तै, केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ । भने, केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ती समितिको नेतृत्व चयन गरेको हो । सदस्यहरू पछि थप गरिनेछ ।

यी हु्न् बैठकका निर्णय



















0 प्रतिकृया