Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


‘गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उद्देश्य छैन’ प्रचण्ड

एक्सन खबर
साउन, ३, २०७९


‘गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उद्देश्य छैन’ प्रचण्ड

काठमाडौं, ३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमा रहेको बताउँदै गठबन्धन यताउता गर्ने उद्देश्य नरहेकाे बताएका छन् ।

आज राजधानीमा डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा. भट्टराईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन गरेको थियो ।

‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौं, भोलीपर्सीसम्म एउटा टुङ्गोमा पुग्नसके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भन्नुभएको छ ।’

नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए ।

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उद्देश्य छैन,’ अध्यक्ष प्रचण्डले भने ।













0 प्रतिकृया