Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


विचार मिल्नेसँग एकीकरण गरेर अघि बढ्ने तीन दलको निर्णय

एक्सन खबर
साउन, ३, २०७९


विचार मिल्नेसँग एकीकरण गरेर अघि बढ्ने तीन दलको निर्णय

काठमाडौं, ३ साउन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको बैठक सकिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष  माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी बैठकले विचार मिल्नेहरुसँग एकता गरेर अघि जाने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले पछिल्लो समय गरेको निर्णयबारे छलफल भएको बैठक पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । उनले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने र गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको जानकारी दिए ।

'गठबन्धनलाई निरन्तर दिने र स्थानीय चुनावको परिणामलाई पनि हेरेर कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो' प्रचण्डले भने । उनले नेकपाकालका एकै पार्टीका बहुमत सदस्यहरु एक ठाउँमा भएकाले विचार मिल्नेसँग एकीकरण गर्नेबारे छलफल भएको बताए ।













0 प्रतिकृया