Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


सानोठिमीमा केएमसीले गरेको स्वास्थ्य शिविरबाट १०२३ लाभान्वित

एक्सन खबर
साउन, ३, २०७९


सानोठिमीमा केएमसीले गरेको स्वास्थ्य शिविरबाट १०२३ लाभान्वित

काठमाडौं, ३ साउन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले भक्तपुरको सानोठिमीमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १०२३ जना बिरामीले जाँच गराएका छन् । स्थानीय नालन्दविद्या मन्दिर स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्कुलका विद्यार्थी, शिक्षक कर्मचारी तथा स्थानीय सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा ११७ जनाको इसिजी २२१ जनाको ल्याब परीक्षण तथा १९९ जनाको अल्ट्रासाउण्ड गरिएको छ । यस्तै, ४२ जनाको दाँत खोलिएको तथा ३२ जनालाई ओ.टी. रेफर गरिएको केएमसीले जनाएको छ ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले आम सर्वसाधारण माझ सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । केएमसीका दक्ष स्वास्थ्यकर्मीहरु स्वास्थ्य उपकरण सहित गाउँगाउँ पुगेर सेवा दिँदा आर्थिक तथा अन्य कारणले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका सर्वसाधारण लाभान्वित भइरहेका छन् । 


















0 प्रतिकृया