आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
एक्सन खबर
काठमाडौं, ४ साउन । आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।
दिउँसो पहाडी भू–भागका धेरै स्थान र अन्य भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बिहीबार पहाडी भू–भागका धेरै स्थान र अन्य भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिकृया