Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


यसकारण नाेबेलमा उपचार गर्न जानेहरूले लामाे लाइन बस्न पर्दैन

एक्सन खबर


यसकारण  नाेबेलमा उपचार गर्न जानेहरूले लामाे लाइन बस्न पर्दैन

विराटनगर, ४ साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ । विरामी र विरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम सुरु गरेको हो ।

अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ । त्यहाँ विरामीले टोकन नम्बर लिएर कुर्सीमा बस्ने गर्छन् र स्क्रीनमा आफ्नो नम्बर देखाएपछि काउन्टरमा गएर पुर्जी लिने गरेका छन् । पहिले विरामीको चापका कारण लामो समयसम्म लाइनमा उभिनुपर्ने बाध्यता थियो ।

विरामी र विरामीका आफन्तको सहजताका लागि पूर्जी काउन्टरमा टोकन सिस्टम लागू गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । नोबेलले अन्य स्थानमा पनि यो सिस्टम लागू गर्ने तयारी गरेको छ ।

टोकन सिस्टम लागू भएपछि पुर्जी लिन विरामीले लाइनमा उभिएर पालो कुर्नुपर्ने वाध्यताको अन्त्य भएको छ । यो सेवा सुरु भएपछि धेरै सहज भएको विरामी र विरामीका आफन्त बताउँछन् ।














0 प्रतिकृया